काठमाडौं । यदि हराएर आश नै मारेको सामान भेटियो भने कति खुसी भईन्छ होला ? पक्कै पनि असाध्यै खुसी भईन्छ । यस्तै भएको छ अमेरिकाका एक व्यक्तिलाई । नर्थ क्यारोलिनास्थित ग्रिन्सबोरो सहरमा बस्दै आएका जोन वाकरले आफ्नो ओछ्यानमुनि १९ वर्ष अगाडि काटेको जहाजको टिकट फेला पारे । फेला परेपछि एकाएक उनी खुसी भए । त्यसमा उनको अर्को खुस् थपियो, त्यो खुसीको कुरा के भने, १९ वर्ष पहिले काटेको त्यो टिकटमा उनी अहिले पनि यात्रा गर्न पाउने रहेछन् ।
उनले सन् १९९९ को जनवरी महिनामा ४ सय डलरको त्यो हवाई टिकट खरीद गरेका रहेछन् । बिहेमा जानका लागि टिकट खरीद गरेका उनी संयोगवस बिहेमा गएनन् र त्यो टिकट प्रयोग भएन । उनले टिकट फिर्ता कगर्नको लागि कोसिस गरे तर टिकट फिर्ता भएन् । त्यसैले पैसा फिर्ता भएन । तर भविष्यमा कुनै पनि बेला त्यो टिकटमा यात्रा गर्न पाउने भनेर कम्पनीले उनलाई पत्र पठायो ।
तत्का उनले कतै पनि यात्रा गरेनन् । त्यसैले त्यो चिठी र टिकट घरमा कतै राखे । पछि उनले त्यो टिकटको विषय भुलिसकेका थिए । तर उनले हालसालै मात्र आफ्नो बेडरुम मज्जाले सरसफाई गरिरहेका थिए । त्यहीँ क्रममा उनले बेडमुनि कागजातले भरिएको एक पुरानो बाकस थियो । त्यही बाकसभित्र उनले १९ वर्षअघि किनेको टिकट तथा भविष्यमा प्रयोग गर्न पाउने भनी कम्पनीले लेखेको चिठी फेला पारे । त्यसपछि उनको खुसीको सीमा रहेन ।
त्यसपछि उनले हवाई टिकट किनेको कम्पनीमा फोन गरेर सो टिकट अहिले प्रयोग गर्न पाउने पाउने बारे सोधे । तर कर्मचारीले जवाफ दिएनन् । अनि ट्वीटरमा मेसेज पठाए । त्यसपछि कम्पनिले एउटा जवाफको चिठी पठायो । जवाफमा युनाइटेड कम्पनी सन् २००२ मा खारेज भएर यसअघिका सबै खाले भौचर तथा ऋण खारेज गरेको हुँदा त्यो पत्रको कुनै अर्थ नरहने उल्लेख गरिएको थियो
तर १९ टिकटसँगै कम्पनीको पत्र समेत सुरक्षित रहेको विशेष अवस्था भएकाले ग्राहकको सम्मानमा केही विशेष गर्ने कोसिस गर्ने जवाफ पत्रमा संकेत गरिएको थियो । अहिले टिकटको मूल्य ५ सय ७० डलर पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया