काठमाडौं । आरडीटी अर्थात र्यापिड टेष्टमा कोरोना भाइरस पोजेटिभ देखिएकाको रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबार दिउँसो पोखरा १२ ढिकालेथरकी महिलाको गरिएको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पिसिआर मेसिनमा भने नेगेटिभ देखिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पिसिआर मेसिनमा चेकजाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
ती महिला २७ दिन अघि दुबईमा रहेका आफ्ना छोरोलाई भेटेर घर फर्केकी थिइन् । गण्डकी प्रदेशमा हालसम्म २ जनामा कोरोनाको संकमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया