चितवनमा ढुक्क– पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ

काठमाडौं । चितवन रत्ननगरका एक व्यक्तिको नमुना पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । यसअघि आरडीटी विधिबाट परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

भरतपुरमा पिसिआर प्रविधिबाट परीक्षण गर्दा ती ब्यक्तिमा कोरोना नेगेटिभ देखिएको प्रयोगशालाका बरिष्ठ ल्याब प्राविधिक दिपक सुबेदीले बताए ।

कोरोनाको आशंका गरिएका ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनी त्यहाँबाट फर्केर होम क्‍वारेन्टाइनमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?