कर्णालीमा २ जनामा कोरोना आशंका

सुर्खेत । कर्णाली प्रदेशमा दुर्ई जना व्यक्तिमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । बुधवार उनिहरूको थ्रोव स्वाव टेष्ट पुनः परीक्षणको लागि काठमाडौं पठाइएको स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिईन ।

‘रुकुम पश्चिमका दुइ जना ३६ वर्षीय युवाहरु सहित ३९ जनाको थ्रोव स्वावको बैशाख एक गते नमूना संकलन गरि धनगढीमा पठाएका थियौँ । त्यहाँको पीसिआर मेसिनबाट दुइ जनाको नमूनामा शंकास्पद देखिएकोले हामीले थप परिक्षणको लागि काठमाडौं पठाएका छौं ।’ उनले भनिन्, ‘उहाँहरु होम क्वारेन्टाईनमै बस्दै आउनु भएको थियो । उहाँहरु भारतबाट आएको १४ दिन पनि नपुगेको अवस्थामा यस्तो शंका गरिएको हो ।’

उनले कोरोना संक्रमण भएको हो वा होइन भन्ने अन्तिम पुष्टि काठमाडौंबाटै हुने जानकारी दिईन । उनीहरुलाइ चौरजहारीमा आईसोलेसनमा राख्ने तयारी भइरहेको बताइएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले धनगढीमा पीसिआर जाँच गर्दा दुवै जनाको नतिजा पोजेटिभ आएका कारण काठमाडौं पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?