चीनमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा एकको मृत्यु, कति पुग्यो मृतक संख्या ?

काठमाडौं । चीनमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

चीनको उहानबाट यो भाइरसको संक्रमण सुरु भएको विशवास गरिएपनि चीनमा पछिल्लो समय यो भाइरसको संक्रमण दर निकै न्यून छ । बितेको २४ घण्टामा चीनमा ४६ जना कोरोना संक्रमणको नयाँ बिरामी फेला परेका छन् ।

योसँगै चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार २९५ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ३४२ जना रहेका छन् । अहिले पश्चिमा देशहरुमा कोरोनाको समस्या विकराल बनेको छ ।

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३१ हजार ३ सय ३३ जनाको ज्यान गएको छ भने २० लाख ६३ हजार ७ ६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ५ हजार २ सय १४ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वमा ५१ हजार ५८५ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिले सम्म विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोनाको कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म २७ हजार ५४१ जनाले ज्यान गुमाएका छन् भने आजमात्रै त्यहाँ १४९४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा भाइरसका ६ लाख २१ हजार ९२२ संक्रमित रहेका छन् आज मात्रै त्यहाँ ८ हजार ३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्पेनमा आजमात्रै ३३४ जाको ज्यान गएको छ भने आज नै ३ हजार ५७३ नयाँ संक्रमित पाईएका छन् ।

त्यहाँ ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ । स्पेनमा अहिलेसम्म १८ हजार ५७९ जनाको ज्यान गएको छ भने, १ लाख ७७ हजार ६३३ जनालाई कोरोनाको संक्रमण भएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म १ लाख ६५ हजार १५५ जनालाई संक्रमण भएको छ भने २१ हजार ६४५ जनाको ज्यान गएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कार अहिलेसम्म १५ हजार ७२९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ३०३ जनालाई संक्रमण भएको छ त्यहाँ ६ हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?