अस्पतालको आईसीयूमै दम्पतीले मनाए ५० औँ वैवाहिक वर्षगाँठ, सबैका आँखा रसाए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वभर नै फैलिसकेको छ । कोरोना भाइरस संक्रमितहरु आफ्नो जीवन र मरणको बीचमा दिनहरु कटाईरहेका छन् ।

यसैबीच एउटा प्रेरणदायी घटना इटालीबाट आएको छ । त्यहाँ एक दम्पति कोरोनाको कारण आईसीयुमा छन् । यस्तो अवस्थामै उनीहरुले बेडमा सुतेरै आफ्नो ५० औँ वैवाहिक वर्षगाँठ मनाएको छन् ।

इटालीको मार्श प्रान्तस्थित फेरमोमा रहेको एक अस्पतालमा उनीहरुले आईसीयूबाटै वैवाशिक वर्षगाँठ मनाएका हुन् । यस कुराको जानकारी उनीहरुको उपचारमा खटिरहेका डाक्टरले दिएका हुन् ।

७३ वर्षीय जिआनकालो र ७१ वर्षीया उनकी श्रीमतीले अस्पतालको आईसीयूमै ५० औँ वैवाहिक वर्षगाँठ मनाएका हुन् । उनीहरुका लागि ५० नम्बर लेखिएको क्यान्डिल मगाइएको थियो ।

उनीहरुले अस्पतालको बेडबाटै एकअर्काको हात समाएर आफ्नो वैवाहिक वर्षगाँठ मनाएका थिए । डाक्टरहरुले पनि उनीहरुको ५० औँ वैवाहिक वर्षगाँठको अवसरमा बधाई दिएका थिए ।

उनीहरुले केहि फोटोहरु खिचेर आफ्ना परिवारलाई समेत पाठाएका थिए । उक्त तस्वीरहरु सोसल मिडियामा भाइरल भएसँगै सबैको आँखा आशुले रसाउन थालेको सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?