काठमाडौं । कोरोना भाइरसलाई लिएर हरेक हप्तामा कुनै न कुनै नयाँ थ्योरी आईरहेको छ । कोरोना भाइरस चमेरोमा पाइन्छ भन्ने कुरा यो अगाडि वैज्ञानिकहरुले गरेका बिभिन्न शोध मार्फत पत्ता लागि सकेको छ । तर अहिलेसम्म कोरोना भाइरस कुन जीवबाट मानिसमा सर्याे भन्ने बारेमा भने पत्ता लाग्न सकेको थिएन ।
हालै भएको एक नयाँ स्टडीमा भने कोरोना भाइरसको संक्रमण चमेरोबाट कुकुरमा सरेको र फेरी कुकुरबाट मानिसमा सरेको पत्ता लागेको छ ।
कोरोना भाइरस (कोभिड-१९), सार्स कोभिड-२ भन्दा पहिला पनि दुई अन्य कोरोना भाइरसहरु थिए । जसले संसारमा आफ्नो प्रकोप फैलाएर मानिसहरुलाई आफ्नो शिकार बनाएका थिए ।
ति हुन् ‘सार्स’ कोभिड र ‘मर्स’ कोभिड । यी भाइरस चमेराबाट निस्किएर अन्य जनावर हुँदै मानिसमा फैलिएको थियो ।
‘सार्स’ कोभिड भाइरस चमेरोबाट सीभेट्स (वन बिरालो) मा सरेको थियो । सीभेट्सबाट नै ‘सार्स’ मानिसमा सरेको थियो ।
त्यस्तै ‘मर्स’ कोभिड भने चमेरो पछि उँट र उँटबाट मानिसमा सरेको थियो । अब यो नयाँ स्टडीमा कोरोना भाइरस (कोभिड-१९) चमेरोबाट कुकुर र कुकुरबाट मानिसमा सरेको पत्ता लागेको छ ।
फेब्रुअरीमा भएको एक प्रारम्भिक टडीमा वैज्ञानिकहरुले ‘कोभिड-१९’ चमेरोबाट कमिला खाने एक प्रकारको जीव ‘प्यांगोलिन’ र त्यसबाट मानिसमा सरेको बताइएको थियो । तर पनि उक्त थ्योरीबाट केहि वैज्ञानिकहरुले असहमती जनाएका थिए ।
क्यानडाको ओटावा युनीभर्सिटीका बायोलोजि प्रोफेसर जुहुआ जियाले आफ्नो तर्फबाट फरक कोरोना भाइरसको संक्रमणमा अध्ययन शुरु गरेका थिए । १४ अप्रिलमा उनको एनालाइसिस MOLECULAR BIOLOGY EVOLUTION मा प्रकाशित भएको थियो ।
यस एनालाइसिसमा प्रोफेसर जुहुआ जियाले कोरोना भाइरसको महामारी चमेरोबाट कुकुर र कुकुरबाट मानिसमा सरेको बताएका छन् ।
जियाले आफ्नो विश्लेषणमा मानिसको शरीरमा भएको एक प्रकारको प्रोटिन जिंक फिंगर एन्टीभाइरल प्रोटिन ज्याप जस्तै वस्तु कोरोना भाइरसको जेनेटिक कोड साइट ‘सीपिजी’ देखिने बताएका छन् ।
‘सीपिजी’ले मानिसको शरीरमा हमला गर्ने र मानिसको शरीरमा भएकामध्ये कमजोर कोशिकाहरुलाई खोजेर आक्रमण गर्न थाल्ने उनले बताए ।
जियाले भने, ‘मैले जेनेटिक कोड साइट ‘सीपिजी’, ‘ज्याप’ लगायत जेनेटिक मलीक्युल्समाधि अध्ययन गरेको थिएँ । त्यसकै आधारमा मैले कुकुरमा ‘ज्याप’ कमजोर हुने कुरा पत्ता लगाएँ ,’ज्याप’ कोरोना भाइरसको ‘सीपिजी’ साइटसँग लड्न सक्दैन । त्यसैले पहिला चमेरोबाट कुकुरको आन्द्रा हुँदै मानिसमा कोरोनाको संक्रमण फैलिएको हो ।’
चीनमा कुकुर सहित बिभिन्न जनावरहरुको मासु खाने गरिन्छ । त्यसकारण चीनबाट नै कुकुरको मासु खाँदा यो महामारी फैलिएको जियाले बताएका छन् । तर जियाको यो थ्योरीसँग पनि कतिपय वैज्ञानिकहरु असहमत भएका छन् ।
New study suggests COVID-19 hopped from dogs to humans. Here's why you should be skeptical. https://t.co/f02y5PYzdV pic.twitter.com/BiN92uqGdD
— Live Science (@LiveScience) April 14, 2020
स्यान फ्रान्सिस्को स्टेट युनिभर्सिटीका प्रोफेसर लिउनी पेनिन्ग्स भन्छन्, ‘यो थ्योरी र जेनेटिक डाटा एकअर्कालाई सपोर्ट गर्दैनन् । त्यसैले यो कुरा म मान्न सक्दिन ।’
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया