काठमाडौैं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।
बुधवार साझँ त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले हातपात गरेपछि रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानविनका लागि रानीपोखरी बोलाएका थिए ।
साथै उक्त घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन गरिएको थियो ।
उक्त समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको छ । तर अनुसन्धान थालिनु अगावै लम्साल जिम्मेवारीबाट हटाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया