साग पदक विजेताले पाए नगद पुरस्कार : गौरिकाले ६२ लाख, फुटबल टिमलाई २ करोड

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ ।

SAG(Swimming): Gaurika Singh grabs her fourth gold medal - Bootballer

गौरिकाले सागमा ४ स्वर्ण हात पारेकी थिइन् जसमा ११ लाखका दरले ४४ लाख, व्यक्तिगत दुई रजतको ६ लाखका दरले १२ लाख र टिम इभेन्टमा ३ रजत हातपारे वापत २ लाखका दरले ६ लाख गरी कूल ६२ लाख पाउने भएकी छिन् ।

साथै १३ औं सागमा यू २३ पुरुष फुटबलले स्वर्ण र महिला फुटबलले रजत जितेको थियो । दुवै टोलीमा २०–२० जना सदस्य छन् । पुरुष टिमले कूल १ करोड २० लाख र महिला टिमले ८० लाख पाउनेछन् । महिला र पुरुषतर्फ गरी फुटबल खेलाडीले दुई करोड रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै २–२ स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २२–२२ लाख रुपैयाँ पाउनेछन् । तीनै जनाले व्यक्तिगत र टिम इभेन्टमा एक–एक स्वर्ण हात पारेका थिए ।

यो पनि पढ्नुहोस् : १३ औं सागलाई फर्केर हेर्दा ‘

४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ पठाइएको हो । त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो । बाँकी खेलाडीको पुरस्कार रकम बुधबार पठाइएको हो । प्रशिक्षक र संघको पुरस्कार क्रमैसंग पठाइने छ ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो । १३ औं सागको उपलब्धी नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धी हो ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाखका दरले पुरस्कार पठाइएको छ । पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।

यो पनि पढ्नुहोस् : साग पदक विजेताले पाए नगद पुरस्कार, कसले कति पाए ?

                            फ्ल्यास ब्याक टू २०७६, यस्तो रह्यो समग्रमा खेल क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?