यो हो विश्वकै खतरनाक राइफल, के छ विशेषता ?

काठमाडौं । रुसमा एउटा यस्तो राइफल बनाइएको छ, जसले ३.२ किलोमिटर टाढासम्म निशाना लगाउन सक्छ । यहि राइफललाई विश्वको सबैभन्दा खतरनाक राईफल बताइएको छ ।

मिररको रिपोर्टका अनुसार, SVLK-14S राइफलको मूल्य ४५ लाख १० हजार रुपैयाँ तोकिएको छ । यो राइफल LOBAVE Arms नामको कम्पनीले निर्माण गरेको हो ।


यो राइफलको तौल १० किलो रहेको छ । ब्रिटिश आर्मीसँग रहेको सबैभन्दा राम्रो राइफलले L115A3 जति टाढासम्मको निशाना लगाउन सक्छ त्यो भन्दा दुईगुणा टाढासम्म यसले निशाना बनाउन सक्छ ।

यो राइफलबाट एक पटकमा एउटै मात्र गोली फायर हुनेछ । यसलाई बनाउने मकम्पनीका चीफ इन्जिनियर युरी सिनिचकिनका अनुसार यो प्रोफेसनल स्नाईपर राख्नेहरुका लागि निर्माण गरिएको हो ।


ध्वनी भन्दा तीन गुणा रफ्तारमा यो राइफलबाट बुलेट फायर हुन्छ । बुलेट प्रुफ ज्याकेट लगाए पनि यो राइफलबाट बच्न नसक्ने सिनिचकिन बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?