काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका नागरिकहरुलाई नेपाल फर्काउन तत्काल व्यवस्था गर्नको लागि सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो।
यतिबेला विश्वको सबै देशमा कोरोनाको असर देखिएको छ । विश्वभर यो समाचार तयार पार्दासम्म १ लाख ३५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन सर्वोच्चले त्यस्तो आदेश दिएको जनाइएकापे छ । वैदेशीक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले भनेको छ।
त्यतिमात्र नभएर विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम विना भेदभाव उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न पनि सर्वोच्चको आदेशमा जनाइएको छ ।
साथै वैदेशीक रोजगारीमा रहेका तथा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई संरक्षण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने आदेशमा जनाइएको छ । र उनीहरुलाई फिर्ता ल्याउनका लागि आवश्यक प्रशासनीक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया