कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

काठमाडौं । सारा विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ३६हजार ४८ जनाको ज्यान गएको छ भने २१ लाख ६६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख २३ हजार ९३२ जना उपचार पछि निको भएका छन् भने ५१ हजार १०९ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच महामारीको लक्षण सहजै पत्ता नलाग्नाले कोरोना भाइरस चुनौतिपूर्ण बन्दै गएकोे वैज्ञानिकहरुको भनाई छ ।

कोभिड-१९ को संक्रमण भएपछि अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, श्वास प्रश्वासमा समस्या हुने, जाडो हुने आदि लक्षणहरु देखा पर्दछन् । तर पछिल्लो समयमा भने बिना कुनै लक्षण पनि कोरोनाका संक्रमित पाइन थालेको छ ।

जसका कारण वैज्ञानिकहरु नै निराश बनेका छन् । आज हामी तपाईलाई कोरोनाबाट मानिसहरु कसरी संक्रमित बनिरहेका छन् भन्ने बारेमा जानकारी दिनेछौँ ।

पहिलो दिनः

बिरामीलाई खोकी लाग्ने तथा उसको शरीरको तापक्रममा अत्याधिक वृद्धि हुने गर्दछ । त्यो बाहेक पहिलो दिन बिरामीलाई सुक्खा खोकी र जाडोको समस्याले सताउने गर्दछ ।

त्यसपछिका ३ दिनमा बिरामीको मांशपेशिहरु दुख्ने गर्दछ र दुखाई झनै तीव्र बन्दै जान्छ । केहि घटनाहरु भने घाँटी दुख्ने गरेको पाइएको छ ।

पाँचौ दिनः

कोरोना संक्रमित बिरामीलाई संक्रमणको ५ औँ दिनमा श्वास फेर्नमा समस्या हुन थाल्छ ।
त्यो बाहेक जो मानिसलाई कुनै पनि रोगले पहिल्यै देखि सताईरहेको छ, उनीहरुमा झनै श्वासप्रश्वासमा असर पर्दछ ।

सातौँ दिनः

कोरोनाको संक्रमण भएको ७ औँ दिनमा बल्ल मानिसलाई कोरोना भयो कि भन्ने डरले सताउँछ र अस्पतालमा भर्ना गर्ने गरेको वुहानको एक अस्पतालको रिपोर्टमा उल्लेख गरिएको छ । उक्त रिपोर्टका अनुसार धेरै जसो मानिसहरु ७ दिन पछि मात्रै स्वास्थ्यमा असहज बन्दै गएको भन्दै अस्पतालमा आएको पाइएको थियो ।

आठौँ दिनः

संक्रमण भएको हप्ता दिनपछि अर्थात् आठौँ दिनमा संक्रमितको शरीरमा रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमसँग जोडिएका बिभिन्न् समस्या देखिन थाल्छ ।

उक्त दिनबाट संक्रमितको फोक्सोमा भाइरसको संक्रमणले हमला गर्न थाल्छ । फोक्सोमा अक्सिजनको ठाउँमा कार्वनडाइअक्साईडको मात्रा बढी हुन्छ, जसका कारण संक्रमितलाई श्वासप्रश्वासमा अत्याधिक गाह्रो हुन्छ । साथै संक्रमितको टाउको अत्याधिक दुख्न थाल्छ ।

कोरोना भाइरसको लक्षण देखिन २ दखि १० दिनसम्म लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । भाइरसको लक्षण ढिला देखिएको कारण मानिसहरु बाहिरबाट बिरामी देखिँदैनन् ।

त्यो बेला उक्त व्यक्ति अन्य व्यक्तिहरुको सम्पर्कमा आईसकेको हुन्छ । त्यसैले संक्रमण अन्यमा सहजै फैलिरहेको हुन्छ ।

आफ्नो ध्यान कसरी राख्ने ?

कोरोना भाइरसबाट बच्नको लागि हाइनि बनाईराख्न् अत्यन्तै आवश्यक हुन्छ । आफ्नो वरपर सरसफाई गर्न आवश्यक हुन्छ । खोक्दा वा हाच्छ्युँ गर्दा टिश्यु पेपर वा रुमालले अनुहार ढाक्नु पर्दछ ।

त्यो बाहेक समय समयमा साबुन पानीले हात धोईराख्नु पर्दछ । डब्ल्युएचओका अनुसार हात धुँदा थोरैमा २० सेकेण्ड मिच्नु पर्दछ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?