लकडाउनमा जनप्रतिनिधिको तमासा: कुटाकुटमा वडा अध्यक्षको भाँच्चियो हात

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणको लागि यतिबेला मुलुक लकडाउनमा रहेको छ । सरकारले संक्रमणको जोखिम थप नहोस भन्नका लागि बाहिर समेत ननिस्कन अनुरोध गरेको बेला जनप्रतिनिधीहरुबीच हानाहान भएको छ ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका १३ स्थित बयाँटारीमा रहेको जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच बुधबार साँझ करिब ८ बजे कुटाकुट भएको हो ।

समन्वय समितिका उप–प्रमुख र वडा अध्यक्ष बीच कुटाकुट हुँदा वडा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे र छिमेकी धन पराजुलीले उपचारका लागि बिहीवार विहान पोखरा ल्याएका थिए ।

यता जिल्ला समन्वय उप–प्रमुख दिलीपकुमार बगालेले भने कुटाकुट घटनामा आफ्नो संलग्न नरहेको बताएका छन् ।

तर घटनामा प्रत्यक्षदर्शीका रुपमा रहेका अन्यले भने समन्वय उप–प्रमुखको संलग्न रहेको बताए । साथै जानकारी अनुसार उक्त कुटाकुट हुँदा अन्य व्यक्तिहरु पनि त्यँही रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?