बाग्लुङकी ६४ वर्षीय महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

काठमाडौं । बाग्लुङकी ६४ वर्षीय महिलाको कोरोनाको तेस्रो परीक्षण नेगेटिभ आएको छ । उनी बेल्जियमबाट नेपाल आएकी थिइन् ।

तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै ती महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको जनाइएको छ ।

साथै अस्पतालका अनुसार उनको चौँथो रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने भएको छ ।

१९ वर्षीय अर्की कोरोना संक्रमित युवती र उनी सँगै बेल्जियमबाट आएका थिए । तर १९ वर्षीय अर्की युवतीको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?