साल्ट ट्रेडिङको शंकास्पद गतिविधि, व्यापारी आक्रोशित

गगन अयडी धनगढी, माग २४–साल्टट्रेडिङ कर्पोरेशन धनगढीले आफू मातहतका सटरको टेन्डर आह्वान गरेपछि आक्रोशित भएका केही व्यापारीहरुले मिलोमतो भएको आशंका गरेका छन् पटक–पटक मूल्य बृद्धि गर्दै टेण्डर आह्वान गर्ने र स्थगित गर्ने साल्टट्रेडिङ कर्पोरेशनले यसपटक पनि टेण्डर आह्वान गरेपछि मिलेमतोको आशंका गरेका हुन् साल्टट्रेडिङले केन्द्रको निर्देशनअनुसार टेण्डर आह्वान गरेको भने पनि सो पत्र देखाउन नमानेपछि व्यापारीहरु झन् आक्रोशित र सशंकित बनेका हुन् पटक–पटक मूल्य बृद्धि गर्दै टेण्डर आह्वान गर्ने र स्थगित गर्ने साल्टट्रेडिङ कर्पोरेशनले यस पटक भाडादर बृद्धि गर्दै टेण्डर आव्हान गरेपछि केही व्यापारीहरले मिलेमतोको आशंका गरेका हुन् वि.सं २०४६ सालदेखि साल्टट्रेडिङ कर्पोरेशनसंगको आपसी समझदारीमै भाडामा रहेका सटरहरुको भाडा अहिले २७ हजार छ अहिले फेरि एक वर्षका लागि मात्रै भाडादर बढाएर टेन्डर आव्हान गरेपछि केही व्यापारीहरुले मिलेमतो भइरहेको आशंका गरेका छन् साल्टट्रडिङले केन्द्रबाट आएको कुनै पनि कागजात नदेखाई ३५ हजार न्युनतम भाडादरमा टेन्डर आव्हान गरेको छ । तर, व्यापारीहरुले साल्टट्रेडिङले आफूहरुलाई कागजात नै नदेखाउने गरेको आरोप लगाएका छन् अबको एकवर्ष भित्र सडक निर्माणको काम सुरु हुने भएकाले एक वर्षका लागि चर्को भाडादरमा टेन्डर आव्हान गरेको आरोप ब्यापारीहरुको छ यसअघि नियमानुसार नजाने व्यापारीहरुका लागि कानुनी प्रक्रिया खोजिने भन्ने साल्टटे«डिङले अहिले व्यापारीहरुले टेण्डर नहालेमा पुनः विचार गर्न सकिने बताएको छ । साल्टट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख केशवदत्त पाण्डेयले टेण्डरको मिति अवधिभर कसैको पनि टेण्डर नपरे यसबारे पछि निर्णय गरिने बताए व्यापारीहरुले अहिलेसम्म समझदारीमै साल्टट्रेडिङलाई भाडा तिर्दै आएका छन् । तर, साल्टट्रेडिङका प्रमुख पाण्डेयले भने व्यापारीसंग सम्झौता गरिएकै आधारमा नै भाडा तिर्ने गरेको उक्त सम्झौता पत्र केन्द्रीय कार्यालमै रहेको दाबी गरेका छन् विगत २८ वर्ष सम्म साल्टेडिङले समझदारीमै सटर भाडामा दिएको र अहिले १ वर्षका लागि मात्रै टेन्डर आहवान गरेपछि सटर खाली गर्न व्यापारीले अटेर गरेका हुन् । धनगढी उपमहानगरपालिकाले भवन जिर्ण रहेको भन्ने सूचना जारी गर्दै २८ वर्षदेखि हाल सम्म कर्पोरेशनले समझदारीमै सटर भाडा असुल गर्दै आएको छ टेन्डर आहवानमा असन्त’ष्टी जनाएपछि कानूनी प्रक्रियाबाट अघि बढ्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?