कैलाली, २४ माघ–नेपालमा हात्तीपाइले रोग निवारणका हरेक वर्ष औषधि सेवन कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिन्छ । तर, अभियान प्रभावकारी नभएको भन्दै स्थानीय तहहरुले रोगको निवारणका लागि पहल गर्न आवश्यक भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कैलाली र कञ्चनपुरमा रोगको जोखम बढी रहेको भन्दै स्वास्थ्यकर्मीहरुले सबैलाई औषधि सेवन गर्न र सहकार्य गर्न आग्रह गरेका छन सरकारले हात्तिपाइले रोगको औषधि निःशुल्क सेवन गराउँदै आएको छ । तर शिक्षितले समेत औषधि सेवन नगर्दा रोग निवारणमा चुनौती रहेको बताइएको हो जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तिपाइले रोगको फोकल पर्सन रहिप्रसाद भट्टले वडा, स्थानीय तह तथा जिल्ला सदरमुकाममा विभिन्न कार्यक्रमहरु आयोजना हुने बताए कैलालीमा हात्तिपाइले रोगको जोखिम उच्च रहेको र क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट यो रोग मानिसमा लाग्ने गरेको बताइएको छ नेपालमा अहिले १३ प्रतिशत मानिस यो रोगको जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीय तहमा स्वास्थ्यका कर्मचारी समायोजन हुदै गएकाले कार्यक्रम प्रभावकारी हुने धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. खगेन्द्र बहादुर बलमे बताए रोगको बारेमा बुझेर समेत औषधि सेवन गर्न नमान्ने व्यक्तिले गर्दा समस्या भइरहेको बताइएको छ जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले आउँदो फागुन १२, १३ र १४ गतेको राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रममा औषधि सेवन गर्न सबैलाई अनुरोध गरे जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले हात्तिपाइले रोग निवारणका लागि विद्यार्थीलाई समेत परिचालन गनु पर्ने बताए उनले स्थानीय तहहरुले निवारणमा समन्वय गर्न आवश्यक रहेको समेत समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया