काठमाडौं – फिल्मको भार उठाउन सक्ने नायिका भनेर चर्चा गरिने नायिका साम्राज्ञी आरएल शाहको लागि बर्ष २०७६ फ्लप सावित भयो । उनी अभिनित फिल्म ‘मारुनी’ ले हलमा मारुनी नाच देखाउन सकेन । त्यस्तै उनी अभिनित अर्को फिल्म ‘रातो टिका निधारमा’ ले पनि रेड सिग्नल देखायो ।
फिल्म ब्याक टू ब्याक फ्लप भए पछि साम्राज्ञी अहिले फिल्म छान्ने मामलामा गम्भिर बनेको देखिन्छ । उनले प्रदीप खड्काको समेत अभिनय रहने एक फिल्ममा साइन गरेको जनाइएको छ ।
यस बारेमा आधिकारिक रुपमा भने केही बाहिर आएको छैन ।
त्यस पछिको अर्को प्रोजेक्टमा भने साम्राज्ञी अघि बढेकी छैनन् । उनले स्क्रिप्ट चित्त बुझ्दो पाएको बताएकी फिल्म ‘मारुनी’ले चित्तबुझ्दो कारोबार गर्न सकेन ।
लकडाउनका कारण हाल उनी घरभित्रै छिन् । सामाजिक सञ्जालमा सक्रिय रहेकी उनले लकडाउनकै समय दर्शकसँग नयाँ घोषणा गरिन् ।
इन्टरनेटमा लाइभ आएकी साम्राज्ञीलाई एक जनाले फिल्मले नयाँ फिल्म कहिले गर्ने भनेर राखेको जिज्ञासामा उनले तत्काल आफूले कुनै पनि फिल्म साइन नगरेको बताइन् ।
उनको घोषणा थियो– ‘राम्रो स्क्रिप्टबाट अफर आयो भने वर्षमा एउटा फिल्म गर्छु, नत्र गर्दिनँ । अब राम्रो फिल्ममा मात्र काम गर्छु ।’
आफ्ना फिल्म ‘ब्याक टू ब्याक’ फ्लप भए पछि अब साम्राज्ञी हतारमा होइन परिपक्व ढंगले काम गर्ने मनसायमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया