काठमाडौं । देशका विभिन्न ठाँउबाट पैदल हिडेर घर फर्किरहेका मानिसकाहरुको लागि उचित व्यवस्थापनको लागि सरकारले छलफल थालेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे छलफल भएको थियो ।
साथै उक्त कुराको निर्णय हुनु भन्दा अगाडी नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।
साथै उक्त छलफलमा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको स्रोतले जनाएको छ ।
सरकारले घर जानको लागि नै खुला नगरेपनि गन्तव्यसम्म जानको लागि थप व्यवस्था गरिने स्रोले जनाएको छ ।
कोरोना भाइरस थप जोखिम नहोस भन्नका लागि सरकारले देशभर लकडाउन गरेको छ । तर समस्यामा परि धेरै मानिसहरु आ आफ्नो घर जान थालेका छन् । त्यसँगै उनीहरुको लागि गन्तव्यसम्म पुर्याउनको लागि सरकारले पहल थाल्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया