राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड बजेट फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो ।

कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?