प्राइम बैंकको कोरोना उपचार कोषमा १ करोड ७५ लाख सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा १ करोड ७५ लाख सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित कोरोना उपचार कोषमा वैशाख ५ गते एक करोड पचहत्तर लाख रुपैयाँको चेक उपलब्ध गराएको हो।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई चेक हस्तान्तरण गरे । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पुर्याउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?