हेर्नुहोस् वैशाख ६ देखी वैशाख १२ गते सम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो फार्न सकिनेछ । तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

माया प्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । सोमवारबाट बुधवार बिहानसम्मको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । विदेशमा हुनुहन्छ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी पाईनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत लेख रचनाहरु जनमानसमा लैजान सकिनेछ ।

बिहीवारबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । विदेशी भूमिमा हुनुहन्छ भने स्वास्थ्य तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय राम्रो रहेकोले भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।

प्रेम सम्बन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

फुर्सदको समयमा ध्यान तथा साधना गर्नुहोला शरीर स्वस्थ्य हुनेछ । समयको सदुपयोग गर्दै अध्ययन गर्नाले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ध्यान दिनुहोला । विदेशी भूमिमा हुनहुन्छ भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बुधवार बिहान सम्मको समय राम्रो रहेकोले शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यवसायमा घाटा लाग्ने तथा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्रो होला ।

सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुँदा मन खिन्न हुनेछ ।

सानो उपलब्धीमा दिन व्यतित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । बुधवार दिउँसोबाट समय राम्रो रहेकोले प्रविधिको उच्चतम प्रयोग मार्फत लाभ लिन सकिनेछ ।

पैत्रिक स्रोत साधनको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्नेछ ।

भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ । सोमवारबाट समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ ।

खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन मध्यम रहेको छ ।

गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आफन्तसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत लेख,रचना तथा विचारहरु जनमानसमा लैजान सकिनेछ । बुधवार दिउँसोबाट समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ ।

सामान्य कुरामा अलमलिँदा उपलब्धिमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । सरसफाईमा ध्यान दिनुहोला । आफ्नो ज्यानको ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

वंश वृद्धिको योग रहेको छ । आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यतित हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ ।

सकारात्मक सोचको माध्ययमबाट रुढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भुमिका रहनेछ ।

साताको अन्त्यतिर सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ध्यान दिनुहोला । विदेशी भुमिका हुनुहुन्छ भने आफ्नो ज्यानको ख्याल गर्नुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि प्रतिकुल समय रहेतापनि बुधवार दिउँसोबाट समयमा केही सुधार आउने हुनाले स्वअध्ययनले पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यतित गर्न सक्नेछन् । परिवार तथा सन्तानका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

तरपनि बढी भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ध्यान दिनुहोला । विदेशी भूमिमा रहनेहरुले विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लेख तथा रचनाको माध्ययमबाट संस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा परिवारका साथ घरमै समय व्यतित हुनेछ । भौतिक सम्पत्ती तथा पैदल यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला ।

सोमवारबाट मसय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । बढी भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफ्ना विचार,लेख,रचनाहरु सामाजिक सञ्जाल मार्फत जनमानसमा लैजान सकिनेछ । साताको अन्त अर्थात बुधवार दिउँसोबाट समय मध्यम रहेकोले राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ती तथा पैदल यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

प्रविधिको प्रयोग मार्फत समयको फाईदा उठाउन सकिनेछ । आफन्त तथा परिवारका साथसँग रहेर मिष्ठान्न भोजनका साथ समय व्यातित हुनेछ । सोमवार र मंगलवारको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।

स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । बढी भीडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साताको शुरु र अन्त्यको समय मध्यम रहेकोले व्यापार घाटा बढ्नेछ । आफन्त तथा अग्रजहरुसँग घरायसी कुरामा राय बाजिनेछ ।

विद्यामा अरुभन्दा पछि परिने तथा नतिजा आफूतिर ल्याउन निकै मिहिनेत गर्नु पर्नेछ । प्रेममा अविश्वास तथा शंका बढ्ने योग रहेको छ ।

खानपान तथा सरसफाईमा ध्यान दिनुहोला । विदेशी भूमिमा हुनुहुन्छ भने विशेष ध्यान दिनुहोला । तरपनि सोमवारबाट बुधवार मध्यान्ह सम्मको समय राम्रो रहेकोले स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?