खाडी मुलुकमा के छ नेपालीको हालखबर, कुन देशमा कति संक्रमित ?

काठमाडौं । नेपालीहरुको बाक्लो उपस्थिति रहेको खाडी मुलुकमा नेपाली कार्यरत रहेको खाडी मुलुकमा १०० बढी नेपाली कोरोना भाइरसबाट संक्रमित रहेका छन् । सम्बन्धित देश र त्यहाँ रहेका नेपाली दूतावासबाट ८४ जना नेपाली संक्रमित भएको जानकारी गराइएपनि १०० बढी नेपाली संक्रमित रहेको त्यहाँ कार्यरत गैरआवासीय नेपाली संघका अधिकारीहरु बताउँछन् । अझ कतारले अहिलेसम्म संक्रमित विदेशी नागरिकको पहिचान नखुलाएकाले त्यहाँ धेरै नेपाली संक्रमित रहेको अनुमान गरिएको छ ।

हालसम्म युएईमा ११ जना संक्रमित रहेका छन् भने त्यसमा दुई जना निको भएका छन् ।

यसैगरी कुवेतमा १९ जना, बहराईनमा ४९ जना, साउदीमा ४ जना र मलेसियामा १ जना केरोनाबाट संक्रमित रहेका छन् । ती मध्ये युएईमा एक नेपाली महिलाको मृत्यु समेत भएको छ ।

हालसम्म खाडी मुलुकमध्ये साउदी अबरमा कुल ७ हजार १४२ जना संक्रमित भएका छन् भने ८७ जनाको मृत्यु भइसकेको छ । खाडीमा सबैभन्दा बढी कोरोना प्रभावित देश साउदी नै हो ।

यस्तै युएईमा ५ हजार ८२८ जना संक्रमित हुँदा ३५ जनाको मृत्यु भएको छ भने मलेसियामा ५ हजार २५१ जना संक्रमित हुँदा ८६ जनाको मृत्यु भएको छ । यस्तै कतारमा ७ जनाको मृत्यु हुँदा ४६ सय जना संक्रमित छन् ।

यसैगरी बहराईनमा १७४० जना संक्रमित हुँदा ७ जनाको मृत्यु भएको छ । कुवेतमा १६५८ जना संक्रमित र ५ जनाको मृत्यु भएको छ । ओमानमा १०५९ जना संक्रमित हुँदा ६ जनाका मृत्यु भएको छ । अहिलेसम्म ओमानमा नेपालीमा केस देखिएको जानकारी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?