११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

काठमाडौं । यो कुरा हो ११ वर्ष पहिलाको, जब अमेरिका र चीनले एकसाथ विश्वका खतरनाक भाइरसहरु खोज्ने मिशन शुरु गरेका थिए ।

यो मिशनमा अमेरिका र चीनसहित ३१ देश सहाभागी थिए । ३१ देशहरु मिलेर विश्वमा रहेका डरलाग्दा भाइरसहरुको खोजि गर्न लागि परेका थिए ।

त्यो बेला जनावरहरुबाट मानिसमा सर्नसक्ने भाइरसहरुको बारेमा ३१ देश मिलेर एकमुष्ट मिशन शुरु गरेका थिए ।

अमेरिका, चीन सहित ३१ देशका वैज्ञानिकहरुले यो भाइरसबाट हुने संक्रमणका बारेमा अध्ययन शुरु गरेका थिए तर ति सबै देशका हजारौँ वैज्ञानिकहरुलाई कोरोनाले धोका दिएको छ । र अहिले अचानक पैदा भएर विश्वमा आफ्नो प्रकोप दिनानुदिन बढाउँदै गएको छ ।

यो मिशनको नाम ‘प्रेडिक्ट’ राखिएको थियो भने यसको ‘फन्डिङ’ ‘युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट’ले गरेको थियो । उक्त मिशनको लक्ष्य थियो, सारा विश्वमा एउटा यस्तो अन्तर्राष्ट्रिय नेटवर्क बनोस्, जसबाट मानिसहरुलाई भाइरसले हमला गर्न नसकोस् । तर, जब कोरोना भाइरस (कोभिड-१९)ले सारा विश्वमाथि आक्रमण शुरु गर्यो, त्यो बेला विश्व कोरोनासँग लड्नको लागि तयार थिएन । त्यसकै नतिजा आज विश्वमा यो समाचार तयार पार्दासम्म १ लाख ५४ हजार ३२२ जनाको मृत्यु भएको छ भने २२ लाख ५२ हजार ३७२ जनालाई संक्रमण भएको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका भाइरस रिसर्च सेन्टरका एसोसिएट डाइरेक्टर माइकल बचमियर भन्छन्, माछो जालमा जसरी फस्छ, त्यसै गरि आज विश्व कोरोना भाइरसको जालमा फसेको छ ।

उनले भने, ‘उक्त मिशनमा ग्याप धेरै थियो, भाइरसबाट बच्न सक्ने अवसरहरु पत्ता लगाउने बाटो थिए । तर बिडम्बना यो थियो कि, हामीसँग पैसा कम थियो, मानव संसाधनको पनि कमी थियो, त्यसैले हामीले जसरी काम गर्नुपर्ने थियो त्यो गर्न सकेनौँ । परिणाम आज आएर भयानक भईदियो ।’

‘डिसेम्बर सन् २०१९ बाट चीनमा कोरोना भाइरस फैलिन शुरु भएको थियो, त्यो भन्दा ठिक तीन महिना अगाडि अमेरिकी सरकारले प्रेडिक्ट मेसिनको फन्डिङ बन्द गरिदिएको थियो । अमेरिकी सरकारले त्यो बेला उक्त मिशनलाई लिएर आफूसँग फरक प्लान रहेको बताएको थियो’ उनले भने ।

विश्वमा यस बेला ६ लाख भन्दा धेरै भाइरस भएको वैज्ञानिकहरुले बताएक छन् । वैज्ञानिकहरुले ति सबै भाइरसहरु जनावरबाट मानिसमा सर्न सक्ने बताएका छन् ।

वैज्ञानिकहरुले ति ६ लाख भाइरसमध्येका केहिले भने खतरनाक प्रकोप फैलाएर सारा विश्वमा रहेका मानव जातीलाई नष्ट गर्न सक्ने बताएका छन् ।

वैज्ञानिकहरुले यदि मानिसहरुले जंगली जनावरहरुलाई आफूबाट टाढा नराख्ने हो भने, मानव जातीलाई नै जनावरबाट सर्ने भाइरसले नष्ट गर्न सक्ने चेतावनी दिएका छन् ।

सबैभन्दा खतरनाक भाइरस चमेरो, मुसा र बाँदरबाट पाईने गरेको वैज्ञानिकहरुले बताएका छन् । त्यो भन्दा पनि खतरा चमेरो र मुसाको प्रजातीका जीव जन्तुहरुमा पाइने वैज्ञानिकहरुले बताए ।

वैज्ञानिकहरुलाई सार्स कोरोना भाइरसले खतरनाक रुप लिन सक्छ भन्ने कुरा पहिल्यै देखि थाहा थियो । सन् २००२ मा चीनबाट नै सार्स फैलिएको थियो ।

त्यसपछि बिस्तारै सार्सले विश्वका ३० देशमा आफ्नो संक्रमण फैलाएको थियो । सन् २००७ मा हङकङ्गका वैज्ञानिकले एक रिसर्च पेपरमा कोरोना भाइरस एक ‘टाइम बम’ भएको कुरा लेखेका थिए ।

यस कारण हामीले सहजै भन्न सक्छौँ कि, कोरोना भाइरसको बारेमा वैज्ञानिकहरुलाई थाहा थियो । प्रोडिक्ट मिसनमा सहभागी रहेको गैर सरकारी संस्थान ईको हेल्थ एलायन्सका केविन ओलिवनले वुहान ‘इन्स्टीट्युट अफ वायरोलोजी’ले चमेरोमा कोरोना भाइरसका विभिन्न प्रजातिहरु पाईएको बताएका थिए ।

ति मध्ये कोरोना भाइरसका केहि प्रकारमाथि वुहान इन्स्टीट्युट अफ वायरोलोजी प्रयोग चलिरहेको थियो । तर भाइरस त्यहिँबाट लिक भयो वा अन्य ठाउँबाट त्यो भने अहिलेसम्म पत्ता लागेको छैन ।

केविन ओलिवलले भने, ‘कोरोना भाइरस जनावरबाट मानिसमा सरेको सत्य हो, किनभने चीनका केहि शहरहरुमा जंगली जनावरहरुको मासु खाने गर्दछन्, विशेष गरेर जंगली जनावरहरुमा भाइरस रहेको हुन्छ ।’

अमेरिकाको डिफेन्स एडवान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी (DARP) का महामारी विशेषज्ञ रोहित चिताले भने, कोभिड १९ लाई रोक्नका लागि विश्वले कुनै प्रयास गरेन ।

मानिसहरुको ध्यान संक्रमितलाई उपचार गर्न तिर रहेको छ, त्यसलाई रोक्न तर्फ हुँदैन, त्यसैले संक्रमणको रफ्तार बढी रहेको छ ।

उनले भने, औषधि बनाउन प्रोडिक्टलाई गएको १० वर्षमा जम्मा २०० मिलियन डलर दिइयो, तर आपत् काल आए लगत्तै अमेरिकाले राहत कोषका लागि २ ट्रिलियन डलर जम्मा गरेको छ ।

यसबाट हामीले अनुमान गर्न सक्छौँ कि, सरकार रोग फैलिनबाट रोक्नका लागि भन्दा राहतका लागि अघि सरेको छ ।
अमेरिका अझै नयाँ प्रोग्राम शुरु गर्ने तयारीमा रहेको छ । जसको नाम रहेको छ, ‘स्टप स्पिलओभर’ अर्थात् ‘भाइरस कतैबाट लीक नहोस् ।’ तर प्रोग्राम कति ठूलो हुन्छ भन्ने बारेमा भने बताईएको छैन ।

जोन होपकिन्स ब्लूमवर्ग स्कूल अफ पब्लिक हेल्थका निर्देशक थोमस इंग्लेस्बीले भविष्यमा हाम्रो ध्यान यस्तो भाइरस सर्भिलन्समाथि हुनुपर्ने बताएका छन् ।

प्रोडिक्ट जस्तो मिशनलाई उचित तरिकाबाट चलाउनु पर्ने पनि उनले बताएका छन् । सबै देशहरु एकसाथ मिलेर भाइरससँग लड्नु नै अहिलेको एकमात्र आवश्यकता भएको पनि उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?