कोरोना उपचारमा मिलेको पछिल्लो उपलब्धी : अमेरिकामा बनेको भ्याक्सिन हरेक वर्ष लगाउनुपर्ने !

काठमाडौँ । विश्वस्वास्थ्य संगठन WHO का महासचिव डा. टेड्रस अधनम गेब्रेयसले हालै घोषणा गरिसके “कोरोना भाईरसको खोप र औषधी उत्पादन हुन नसकेसम्म यो विश्वब्यापी खतरा स्थायी रुपमा हटेर जाँदैन ।”

उनी आफैँ त माइक्रोबाईयोलोजिस्ट हुन् । फ्रान्सका एक वैज्ञानिकले कोरोना भाईरसलाई ६० डिग्री तापक्रममा राखेर हेर्दा त्यसको संक्रमण शक्ति नास नभएको निष्कर्षमा पुगे । गर्मी चढ्दै जाँदा यो भाईरस टिक्न सक्दैन, गर्मी चढ्दै गएकोले भारतमा अब ज्यादा नफैलेला भन्ने भारतीयहरूको अपेक्षा यसले निरर्थक बनाईदिएको छ ।

यसको अर्थ ५० डिग्री वा त्योभन्दा माथिको तापक्रममा पनि यो फैलिनसक्छ । लक्षण नै नदेखिएका संक्रमितले सोचेभन्दा विकराल रुपमा कोरोना भाइरस फैलाइरहेको हुनसक्छ । हालसम्म यसको औषधी र खोप छैन, चिकित्सक र स्वास्थ्यकर्मीहरू लक्षणको आधारमा उपचार गरिरहेका छन् र औलोको औषधी र एजिथ्रोमाईसिन नामक एन्टिबायोटिकमाथि आश्रित भईरहेका छन् । तर औलो रोगको औषधीमा मुटु कमजोर बनाउने सम्भावनालाई विश्वस्वास्थ्य संगठन WHO ले सावधानी दिएको छ ।

कोरोनाको परीक्षणमा अपनाईएको विधि

हाल विश्वका ४ अर्ब मानिस कोरोना भाईरस विश्व महामारीबाट बच्न घरमै बसिरहेको (लक डाउन) अवस्थामा छन् । यो रोगको स्थायी समाधानमा एन्टीबडी परीक्षणले सहयोग गर्नसक्छ भन्ने आशा केहीले गरेका छन् । यसको संक्रमणबाट हुने रोगको अचूक उपचारको औषधि पत्ता लगाउने प्रयासमा विकसित मुलुकका वैज्ञानिक तथा चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन्।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) कोरोनाको आफ्नै औषधी पत्ता लगाउने अनुसन्धानमा खासै नलागे पनि उपचार निर्धारण गर्न लागेको छ ।कोरोना भाईरसको उपचार कसरी गर्ने भन्ने विषयमा यसले उपचारविधि तय गरेको छ । चीनमा जस्तै भारतले पनि एच्आईभी/एड्स को रोगमा शरीरका कोषिका (सेल) हरू नष्ट गर्ने भाईरसलाई नियन्त्रणका लागि सेवन गरिने (एन्टिरेट्रोभाईरल्स्) औषधीको मिसमास संरचना (ककटेल) लाई उपयोगका लागि स्वीकृति दिईएको छ । जस्तो कि एच्आईभी/एड्समा चलेका ‘लोपिनाविर’ र ‘रिटोनाविर’नामक औषधी शरीरमा संक्रमित भईसकेको अवस्थामा कोरोना भाईरस रोक्न चलाईन्छ ।

बीबीसीले जनाएअनुसार, सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन्।बाथ रोग (रूमटोइड आर्थ्राईटिस) को उपचारमा प्रयोग हुने उक्त औषधि न्यूयोर्कमा ४०० बिरामीमा परीक्षण गरिँदैछ।

मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोनाभाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पु-याउने अपेक्षा गरिएको विज्ञहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ भारत र चीनलेजस्तै औषधि, जो एच्आईभी संक्रमितको उपचार गर्न प्रयोगमा लगाईन्छ, लाई कोरोना संक्रमणको उपचारमा उपयोग गर्न सकिने सम्भावनाबारे परीक्षण गरिरहेका छन् र एचआईभी पीडित २०० बिरामीमा यस्तो परीक्षण भईसकेको छ। उक्त भाइरस संक्रामक रहिरहने अवधिलाई त्यो औषधिले कम गर्ने अपेक्षा गरिएको छ ।
अहिले विश्वभरि नै हाईड्रोक्लोरोक्वाईन नामक औलो रोगमा सेवन गरिने औषधि कोरोना भाईरस बिमारको उपचारमा चलाउने गरिएको छ ।

यो औषधीको मूख्य उत्पादनकर्ता भारतबाट नेपाल, चीन, अमेरिका, ब्राजिल, युरोपेली मुलुकसहित विश्वका करिब १६ मुलुकमा भारतले निकासी गरिरहेको छ ।

कोरोना र औषधीको परीक्षण
कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक अमेरिकामा मानव शरीरमा परीक्षण भईरहेको छ । मानवमा परीक्षण गर्नुको अर्थ हो, यसको सफलता । मानव शरीरमा परीक्षण गर्नुको उद्देश्य औषधी उपयोगी हुन्छ वा हुँदैन भन्ने जान्नका लागि होइन, यसको साईड इफेक्ट वा नकारात्मक प्रभावको बारेमा सूचना बटुल्नु हो । अमेरिकी सरकारको खर्चमा भईरहेको उक्त परीक्षणसीयाटलमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरूको सहभागितामा गत सोमवार सम्पन्न भयो ।मोडेर्ना नाम गरेको निर्माताले बनाएर परीक्षण गरिएको भ्याक्सीनलाई mRNA-1273 नामकरण गरिएको छ । बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।

नाकबाट लिइएको स्याम्पलमा रगतको नमूनामार्फत शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन प्रणाली)मा एन्टिबडिज नामक प्रोटिन जाँच्न मात्रै हो, कोरोनाको सक्रिय संक्रमण एन्टीबडी परीक्षण पत्ता लगाउनका लागि होइन । रगतमा एन्टिबडिज देखियो भने थाहा हुन्छ, भाइरससँगको सम्पर्कमा आएको मानिसले यसविरुद्ध लड्ने क्षमता पनि विकास गरिसकेको छ। यस्ता व्यक्तिसँग कम्तिमा केही इम्युनिटी हुनसक्छ भन्ने चिकित्सकको निष्कर्ष हुन्छ ।

हालसम्म डायगोनोस्टिक परीक्षणका लागि प्रायजसो पोलिमेरेस चेक रियाक्सन (पिसिआर) टेस्ट नामक ल्याबोरेटरी प्रविधि प्रचलनमा छ ।नाकको स्वाबको स्याम्पल लिएर परीक्षणद्वारा सक्रिय संक्रमण ठम्याउन सकिन्छ ।

संक्रमित नै संक्रमणबारे बेखबर

धेरैजसो मानिसहरुमा आफैँभित्र कोरोनाभाइरस संक्रमणका सामान्य लक्षण वा अन्य लक्षण देखिन्छ भन्न सकिन्न । त्यस्ता व्यक्तिहरूबाट आखिर सोचेभन्दा अनियन्त्रित वा विकराल रुपमा यो भाइरस फैलिएर जाने प्रबल सम्भावना हुन्छ । एन्टीबडी परीक्षण महत्वपूर्ण र आवश्यक छ भन्ने कुरामा अमेरिकी स्वास्थ्य प्रणाली दृढ रहेको छ ।

त्यसैले कोभीड–१९ बाट कोरोना संक्रमित भएपनि यसको लक्षणको स्वयंले पत्तै नपाएकाहरूको संख्या पत्ता लगाउन हालै नेशनल इन्स्टिच्युट अफ हेल्थले १० हजारसम्म स्वयमंसेवक जुटाउन लागेको घोषणा गरेको छ ।कोसँग एन्टीबडिज छ भनेर ठ्याक्कै थाहा पाउनका लागि कोन्भलेस्सेन्ट प्लास्मा (कोभीड–१९ बाट निको भइसकेको व्यक्तिबाट एन्टिबडिज झिक्ने र बिरामी व्यक्तिलाई लगाइदिने) विधि प्रयोग गरेर क्लिनिकल परीक्षण भइरहेको छ ।

कोराना भाइरसविरुद्धको इम्युनिटी कति लामो समय रहन्छ ? शरीरको रोग प्रतिकार (इम्युन रेस्पोन्स) क्षमता कति शक्तिशाली वा कति अवधि टिकाउ हुनसक्छ भन्नेबारे हालसम्म अन्योल र अस्पष्टता नै छ ।

विज्ञहरू भन्छन् यसअघिको मर्स कोरोना भाइरसको एन्डिबडी भएका व्यक्तिमा १० महिना वा १ वर्षसम्म रेस्पोन्स देखिनसक्ने हुन्थ्यो ।

यसको अथर्, हालको अन्वेषणको कोरोना भाईरस प्रतिरोधी सूई हरेक वर्ष नै लगाउनु पर्ने हुनसक्छ ।

एन्टीबडी परीक्षणले अमेरिकामा कोरोना भाइरस कतिसम्म फैलिएको छ भन्ने खुलासा पनि गर्नसक्ने दाबी ह्वाईट हाउसका स्वास्थ्यसेवा उच्चअधिकारीहरूको निष्कर्ष छ ।

सामाजिक दूरी अन्त्य गर्न एन्टीबडी परीक्षणले कसरी सहयोग गर्छ ? भन्ने प्रश्नमा पनि वैज्ञानिकहरू यकिन निष्कर्षमा पुगिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?