काठमाडौं । चाणक्य नीति दर्णणको अध्याय ९ को चौथो श्लोकमा चाणक्यले भनेका छन् ।
सर्वौषधीनाममृतं प्रधानं सर्वेषु सौख्येष्वशनं प्रधानम् ।
सर्वेन्द्रियाणं नयनं प्रधानम् सर्वेषु गात्रेषु शिरः प्रधानम् ।।
अर्थात्–सवै औषधिहरुमा गुर्जो मुख्य छ, सबै सुखहरुमा भोजन मुख्य छ ,सबै ईन्द्रियहरुमा आँखा श्रेष्ठ छ ,सबै शरीरमा शिर(टाउको) प्रधान छ ।
हाम्रो गाँउ घरमा पाईने गुर्जो (एक प्रकारको लहरा) जसको सेवनले सवै प्रकारको रोगहरुलाई निको पार्ने वा शरिरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा चाणक्यले उल्लेख गरेका छन् ।
औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्योरो,रुघाखोकी,र चिसोमा लाग्ने बाथ लगाएत अन्य धेरै रोगको औषधिको रुपमा प्रयोग गरिन्छ ।
साथै बिभिन्न खालको एलर्जी,चर्मरोग,पेट रोगमा रामवाण मानिन्छ । संस्कृतमा गिलोयसत्वा भनेर चिनिने यसको वैज्ञानिक नाम टिनोस्पोरा कार्डिफोलिया हो ।
आनन्द मार्गका प्रवर्तक श्री आनन्दमूर्ती जी ले गुर्जोको बारेमा प्रकास पार्दै गुर्जोमा सर्वोषदीय गुण रहेको हुनाले यसको विहान बेलुकी सेवन गर्नाले सवै प्रकारका रोगहरु निको हुनुको साथै यसको संरक्षण र संवद्र्धन गर्ने पर्ने कुरामा जोड दिनु भएको छ ।
भारतीय टेलिभिजनको एक अन्तर्वातामा बाबा रामदेवले पनि अमृता अर्थात गुर्जोको सेवनले शरिरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा बताएका थिए ।
त्यसै गरि आयुर्वेदका ज्ञाता मानिनु हुने वालकृष्ण आचार्यले गुर्जोको सहि तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उल्लेख गरेका छन् ।
कलमपित्त तथा कलेजो सम्बन्धी समस्यासँगै भाईरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उनको भनाई छ । नेपालको जुनसुकै वातावरणमा यो लहरा हुन्छ वा खेती गर्न सकिन्छ ।
त्यसैगरि वनस्पतिविज्ञ प्रोफेसर डा. प्रमोदकुमार झाले पनि नेपालमा पाईने गुर्जोको सेवन गर्न सुझाव दिनुहुन्छ । उहाँका अनुसार गुर्जोमा औषधिय गुणको टिनोस्पोरिन,टिनोस्पाराएड,कर्डिफोलाईड्स,कर्डिफोला,पिक्रोटिन,बरजेनिन लगाएतका बिभिन्न खाले बहुउपयोगि रासायनिक तत्व पाईन्छन् , जसलाई बिहान बेलुकी सेवन गर्नाले बिभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकोले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने विज्ञहरुको सुझाव उनको रहेको छ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया