जर्मनीमा गठबन्धन सरकार बनाउने दुई पार्टीबीच सहमति

बर्लिन, २५ माघ । जर्मन चान्सलर एञ्जेला मर्केलको कन्जभेटिभ क्रिस्चियन डेमोक्रेटिक युनियन पार्टी सीडीयू/सीएसयू र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) बीच गठबन्धन सरकार निर्माण गरेर अघि बढ्ने सहमति भएको छ गठबन्धन निर्माणका लागि महत्वपूर्ण मन्त्रालयहरुको भागबण्डालाई प्रमुख बाधाका रुपमा हेरिएको थियो गत सेप्टेम्बरमा भएको आम निर्वाचनमा मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयूले ऐतिहासिक पराजय बेहोरेपछि राजनीतिक गतिरोध उत्पन्न भएको थियो । यो सहमतिले सो गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ आमचुनाव भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि जर्मनीमा नयाँ सरकार गठन हुन सकेको थिएन । यो जर्मनीमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा लामो सरकार गठन प्रयासका रुपमा लिइएको थियो सहमतिसँगै इस्टर पर्वसम्ममा जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने संभावना देखिएको छ । नयाँ सहमति अनुसार एसपीडी दलले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने छ जर्मन संचारमाध्यले एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेश मन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् पटक पटक गठबन्धन बनाउँदै र तोड्दै आएका यी दलहरुले सन् २००५ यता लोकप्रियता गुमाउँदै आएका छन् । यो सम्झौतालाई उनको दलका ४ लाख ६० हजार सदस्यले अनुमोदन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?