काठमाडौं । कोरोना भाइरसको महामारीले सारा विश्वलाई ग्रस्त बनाएको छ । विश्वका २१० देशहरुमा कोरोना भाइरसको प्रकोप फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा महामारीका कारण १ लाख ५४ हजार ७३४ जनाले ज्यान गुमाएका छन् भने २२ लाख ६१ हजार ४२५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५ लाख ७९ हजार २१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । यसैबीच विश्वका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको औषधी बनाउन जुटेका छन् ।
भर्खरैमात्र वैज्ञानिकहरुले अब छिटै कोरोना भाइरसको औषधि बन्ने बताएका छन् । उनीहरुले सेप्टेम्बरसम्ममा कोरोनाविरुद्धको भ्याक्सिन् बनिसक्ने दाबी गरेका हुन् ।
विश्वका शक्तिशाली तथा अत्याधिक प्रभावित देशहरु अहिले कोरोनाविरुद्धको औषधी बनाउन लागि परेका छन् ।
अत्याधिक प्रभावित देश बेलायतका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन खोज्न लागिपरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिल्बर्टले कोरोना भाइरसको औषधि आउँदो सेप्टेम्बरसम्ममा तयार गरिसक्ने दाबी गरेकी हुन् ।
प्रोफेसर गिलबर्टले भ्याक्सिन सेप्टेम्बरसम्ममा बनिसक्ने बताउँदै भनिन्, ‘हामी महामारीको रुप लिएको यस संक्रमणको बारेमा नै काम गरिरहेका थियौँ, जसलाई हामीले एक्स नाम दिएका छौँ र यसलाई अब हामीले योजना बनाएर सेप्टेम्बरसम्ममा कोरोना भाइरसको भ्याक्सिन तयार पार्नेछौँ ।’
गिलबर्टका अनुसार Chadox1 टेक्निकबाट अहिलेसम्म १ पटक परिक्षण भईसकेको छ ।
उनले भनिन्, ‘एक डोजका माध्यमबाट गरिएको परिक्षणका क्रममा इम्युनमा राम्रो परिणम आएको छ, तर RNA र DNA टेक्निकबाट परिक्षणका लागि दुई वा त्यो भन्दा धेरै डोजको आवश्यक पर्दछ ।
सेप्टेम्बरसम्म भ्याक्सिन बन्ने
कोरोना भाइरसविरुद्धको लडाईकाबीच प्रोफेसर गिलबर्टले अर्काे जानकारी पनि दिएकी छन् । उनले बन्दै गरेको भ्याक्सिनको ट्रायल शुरु भईसकेको बताएकी छन् ।
त्यति मात्रै होइन, उनले ट्रायल सफलता पूर्वक सम्पन्न हुने पनि दाबी गरेकी छन् ।
एजेन्सीको सहयोगमा
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया