आईसीसी विश्व क्रिकेट लिग : नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा आज नेपालले अफ्रिकी मुलुक नामिबियासँग प्रतिस्पर्धा गर्दै छ प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक नामिबियाबीच नेपाली समयअनुसार दिउँसो १ बजेपछि खेल सुरु हुनेछ प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन खेल्न नामिबिया पुगेको थियो प्रतियोगिताको शीर्ष दुईमा पर्दै एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा स्थान सुरक्षित गर्ने नेपालको लक्ष्य छ नेपालसँगै आयोजक नामिविया, युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएका हुन् डिभिजन टुमा पुगेका ओमान र क्यानडा डिभिजन थ्रीबाट शीर्ष २ स्थानमा रहँदै बडुवा भएका टोली हुन् । ६ टोली सहभागी हुने यो प्रतियोगितामामा शीर्ष २ स्थानमा रहने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछन् नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान, ज्ञानेन्द्र मल्ल सहित शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?