कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्काे खतरा ! ‘हाई अलर्ट’ जारी

काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच अमेरिकामा एकपछि अर्काे संकट आईरहेको छ ।

गएको हप्तामा पनि अमेरिकाको दक्षिणस्थित मिसिसिपि र लुइसियाना राज्यमा टोर्नाडो तुफानले केहि शहरहरुमा ठूलो क्षति गरेको थियो ।

जसका कारण ३० भन्दा धेरै मानिसको मृत्यु भएको थियो । सयौँ संरचनाहरु नष्ट भएका थिए । मौसम विभागले फेरी एक पटक टोर्नाडो तुफान आउन सक्ने अलर्ट जारी गरेका छन् ।

मौसम विभागका अनुसार तुफान फेरी सक्रिय भएको छ र आईतवारसम्म दक्षिणी क्षेत्रमा ठूलो क्षति गर्न सक्ने छ ।

स्टोर्म प्रोडक्सन सेन्टरले, खाडी तटवाला राज्यहरुमा आईतवार ठूलो तुफान आउने सम्भावना रहेको बताएको छ ।

प्रेडिक्शन सेन्टरले लुईसियानादेखि लिएर जर्जियासम्म टोर्नाडो तुफानको असर पर्न सक्ने बताएको छ । उक्त समयमा भीषण हावा हुरी र वर्षा हुने सम्भावना रहेको छ ।

केहि क्षेत्रमा भने ठूला असिना पर्ने पनि सम्भावना रहेको जनाइएको छ । accuweather.com का अनुसार ब्याटन रुज, लुईसियाना ज्याक्सन, मिसिसिपी, मोन्टागोमरी, अलबामा अत्याधिक खतरा रहेको छ ।

त्यो बाहेक न्यु ओरलियन्स, ह्युस्टन र अटलान्टा जस्ता ठूला शहरमा ठूलो नोक्सान हुन सक्छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्युएस) ले भीषण वर्षा हुने बताएको छ ।

बिशेष गरेर अलबामा र मध्य जर्जियाका केहि क्षेत्रमा बाढीको सम्भावना रहेको छ ।

गएको हप्ता आएको टोर्नाडोमा ठूलो क्षति भएको थियो । त्यस समय अमेरिकाको दक्षिणी ईलाकामा १०० भन्दा धेरै तुफान आएका थिए ।

जसका कारण ३६ जनाले ज्यान गुमाएका थिए भने ५०० भन्दा धेरै संरचना नष्ट भएका थिए । बिजुलीका पोल हवाले ढाल्दा लाखौँ घरधुरी अँध्यारोमा बस्न बाध्य भएका थिए ।

राष्ट्रिय मौसम सेवा विभागले मिसिसिपीका अन्य क्षेत्रमा तीव्र हावा चलेको र अलबामा राज्य रेखा नजिक मेरेडियनको उत्तरी क्षेत्रमा एक शक्तिशाली टोर्नाडो आएको थियो ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?