काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ५७ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाको कारण हालसम्म विश्वभर २३ लाख ४ हजार ३ सय ६० जना संक्रमणको शिकार भएका छन् । भने ५ लाख ८८ हजार ४७ जना उपाचारपछि घर फर्किएका छन् । संक्रमित मध्ये हालसम्म ४ प्रतिशत अर्थात ५५ हजार ३ सय ८३ जनाको अवस्था गम्भिर रहेको छ ।
कोरोनाको कारण क्यानडामा हालसम्म १३ सय ४६ जनाको ज्यान गइसकेको छ । महामारीको रुपमा फैलिएको कोरोनाका कारण त्यहाँ ३३ हजार १ सय ३७ जना कोरोनासंक्रमित रहेका छन् । भने ११ हजार १ सय २६ जना उपचारपछि घर फर्किएका छन् ।
वैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको देश जापानमा हालसम्म कोरोनाको कारण १९० जनाको मृत्यु भइसकेको छ । भने ९ हजार ७ सय ८७ जना कोरोना संक्रमणको शिकार तथा ९ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै नेपालीहरु धेरै रहेको अर्काे मुलुक अष्ट्रेलियामा हालसम्म ६ हजार ५ सय ६५ जना कोरोना संक्रमणको शिकार भएका छन् । भने ६९ जनाको यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गइसकेको र ४ हजार १६३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया