थानकोटमा अलपत्र परेका मजदुरलाई सांसदहरुले यसरी बिदाई गरे

काठमाडौं । लकडाउनका कारण थानकोटमा बिचल्ली परेका मानिसहरु आज घर फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनीहरुलाई आ आफ्नो घर पुर्याउनको लागि व्यवस्था गरिएको हो । उनीहरुलाई सांसदहरुले थानकोटबाट बस चढाएर गन्तब्यतर्फ पठाएका हुन् ।

लकडाउनका कारण देशका विभिन्न भागमा मानिसहरु आ आफ्नो गाँउ जानको लागि पैदल हिडेर गइरहेका छन् । त्यस्तै थानकोटमा शुक्रबारदेखि रोकिएका उनीहरुलाई सांसद अञ्जना विशंखेको नेतृत्वमा त्रिभूवन पार्कमा खाना बस्नको व्यवस्था गरिएको थियो ।

उनीहरुलाई शनिवार साँझ सांसद अन्जना विसंखे, प्रदेश साम्सद रमा आले मगर, नेकपा १० इंचार्ज रूपा महर्जन, युवा संघ नेपाल चन्द्रागिरीका यूवाहरूहरूको सहकार्यमा पैदलयात्री स्वस्थ परिक्षण गरेर विभिन्न जिल्लामा पठाइएका हुन् ।

शुक्रबारदेखि शनिवारसम्म थानकोटमा ३ सय पैदलयात्री रोकिएका थिए । यता धुलीखेल नाकाबाट पनि पूर्वका विभिन्न जिल्लामा जानका लागि सयौं ब्यक्तिहरु पैदलयात्रामा छन् ।

दाङका विभिन्न स्थानमा जानेहरुका लागि पूर्व सभामुख कृष्ण बहादुर महरा, सांसदहरु रेखा शर्मा र शान्ता चौधरीले सहयोग गरेको विशंखेले जनाएकी छिन् । यस्तै सर्लाहीका मजदुरका लागि सर्लाही काठमाडौ सम्पर्क मञ्चले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?