काठमाडौ, २५ माघ । निर्देशक सौरभ ढकाल अहिलेसम्मकै सबैभन्दा महँगो ‘पृथ्वीनारायण शाहको बायोपिक’ चलचित्र बनाउने तयारी थालेका छन् निर्देशक ढकालका अनुसार, यस चलचित्रको लागि सम्पूर्ण तयारी भइसकेको छ । त्यसको लागि अमेरिकन भी.एफ.एक्स कम्पनी र इन्डियन भी.एफ.एक्स कम्पनीसँग टाईअप गरिसकिएको र नेपालमा रहेको टेक्नोलोजी पनि प्रयोग गरिने उल्लेख गरेका छन् । यस्तै यस चलचित्रको अधिकांश टेक्निकल पार्ट इन्डियाबाट हुने कुरा पनि उनले उल्लेख गरेका छन् यस विषयमा बोल्दै उनले अहिलेको चलेकै टप स्टार कलाकारहरू नै चलचित्रमा राखिने बताए । तर, को–को नायक–नायिका चलचित्रमा अनुबन्दित गरिने भन्ने टुंगो लागेको छैन । ढकालका अनुसार, चलचित्रमा २ भाषा अङ्ग्रेजी र नेपालीमा प्रयोग हुने छ । उनी विभिन्न ठाउँमा अनुसन्धानको लागि हिडिरहेका छन् उनले बताए अनुसरा यो चलचित्र अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र हुने छ तर निर्माण बजेटको विषयमा कुनै पनि कुरा खुलाएका छैनन् यसै वर्ष मात्र उनि निर्देशित “हिटलर” नामक चलचित्र प्रदर्शनमा आएको थियो । तर चलचित्रले खासै सफलता हासिल गर्न सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया