चिम्पान्जीलाई साइकिल चलाउँदै स्यानिटाइजर छर्न लगाएपछि विश्वभर आलोचना

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व अहिले महामारीसँग डराएको छ । यसैबीच महामारीको डरका कारण थाइल्यान्डको समुतप्रकर्ण चिडियाखानाले चिम्पान्जीलाई साइकल चलाउँदै  स्यानिटाइजर छर्न लगाएपछि पशुअधिकारकर्मीहरू आक्रोशित बनेका छन् ।

घटनाको भिडियो फूटेजमा चिम्पान्जीले सर्जिकल मास्क, जिन्सको हाफप्यान्ट र सुन्तला रंगको शर्ट लगाएर बच्चाहरूको साइकल चलाएको देखिन्छ । साइकलपछाडि संक्रमण रोक्ने रसायन राखिएका भाँडा रहेको सहजै देख्न सकिन्छ ।

भिडियोमा काठको ब्लकमा बाँधिएका चिम्पान्जीलाई चिडियाखानाका कर्मचारीले मानिसको लुगा लगाइदिएर स्यानिटाइजर छर्न लगाएपछि पशुअधिकारकर्मीहरुले त्यसको विरोध गरिरहेका छन् ।

पशुहरुलाई यस्तो काम गर्न लगाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?