जनकपुर । जनकपुरको बिच सडकमा पैसा फालेको आरोप लागेका महिलाहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
गत शुक्रवार जनकपुरको विभिन्न ठाँउको सडकमा शंकास्पद रुपमा पैसा फालेर फरार भएका थिए ।
शनिबार ती दुवै महिलालाई प्रहरीले जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिएको थियो । कोरोना आशंकामा प्रादेशिक अस्पतालमा र्यापिड टेष्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएकोमा पुन: पीसिआर जाँच गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।
पक्राउ परेका मध्ये एक जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।
एक महिलामा कोरोना संक्रमण देखिएपछि पुन आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको स्रोतले जनाएको छ ।
यो समाचार पढ्नु भएको थियो ?
धनुषाको बीच सडकमा पैसा फाल्ने २ महिलाको र्यापिड टेष्टमा कोरोना पोजेटिभ
धनुषा प्रकरणः कहाँबाट आए ती महिला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया