चीनविरुद्ध फेरी खनिए राष्ट्रपति ट्रम्प

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा भएको महामारीमारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनले भाइरस फैलाएको भन्दै चीनसँग रुष्ट बनिरहेका छन् ।

उनले शनिवार ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनका क्रममा यदि चीन कोरोना भाइरस फैलाउने जिम्मेवार ठहरियो भने, परिणाम गम्भीर हुनसक्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले बेइजिंगले अमेरिकासँग गैर पारदर्शी व्यवहार गरेको आरोप समेत लगाएका छन् ।

चीनले कोरोना भाइरसविरुद्धको सत्यता विश्वलाई लुकाएको दोहोर्याउँदै उनले यदि कोरोना फैलाउने जिम्मेवारी चीन ठहरिएमा त्यसको परिणाम गम्भीर हुने बताएका छन् ।

पहिला चीनसँगको सम्बन्ध राम्रो थियो

राष्ट्रपति ट्रम्पले शनिवार ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनका क्रममा यदी चीन कोरोनाको संकट फैलाउने दोषी पाइयो भने त्यसको परिणाम राम्रो नहुने बताएका हुन् ।

सन् १९१७ पछि कसैले पनि यति धेरै मानिसहरु मरेको नदेखेको बताउँदै उनले कोरोना भाइरस विश्वमा फैलिनुपूर्व चीनसँग राम्रो सम्बन्ध भएपनि अब कुनै पनि देशको सम्बन्ध चीनसँग राम्रो नहुने बताए ।

के तपाई चीनसँग रुष्ट हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले कोरोनाका कारण रुष्ट नभएर अत्याधिक रुष्ट भएको उत्तर दिएका छन् ।

कोरोना फैलाएकोमा चीन लाजमर्दाे भएको छ

राष्ट्रपति ट्रम्पले भने, ‘गल्ती हुनु र जानबुझ गर्नुमा फरक हुन्छ, कुनैपनि स्थितिमा चीनले हामीलाई सत्यता बताउनु पर्दथ्यो, कोरोना भाइरसको बारेमा सत्यता बताउनुपर्दथ्यो । चीनलाई राम्रोसँग थाहा थियो कि, भाइरस एकदमै डरलाग्दो छ र मलाई यो थाहा छ कि, अहिले आफ्नो कुकृत्यले चीन लाजमर्दाे बनेको छ ।’

ट्रम्पले चीन अमेरिकाका पूर्व उपराष्ट्रपति तथा अब हुने राष्ट्रपति डेमोक्रेटिक पार्टिका उम्मेद्वार जो बिडेनलाई समर्थन गरिरहेको दाबी गरेका छन् ।

चीन हाम्रो अर्थव्यवस्थाको आसपास पनि छैन

‘कोरोना भाइरसले हर कोहिलाई पनि असर पुर्याएको छ । हामीसँग अहिलेसम्म विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था छ, चीन हाम्रो आसपास पनि छैन’ ट्रम्पले भने ।

उनले थपे ‘ईरान अब पहिलाको तुलनामा एक फरक देश बनिसकेको छ, पहिला पूरा पश्चिम एशियामा आफ्नो अधिकार जमाउन चाहन्थ्यो तर, अब ईरान आफू बाच्नमात्र चाहन्छ ।’

कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ६१ हजार २५१ जनाको ज्यान गएको छ भने ६लाख ५ हजार ७१८ जना निको भएका छन् ।

त्यस्तै २३ लाख ४९ हजार ५१६ जनालाई संक्रमण भएको छ भने विश्वमा ५५ हजार १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ३९ हजार १५ जनाले ज्यान गुमाएका छन् भने ७ लाख ३८ हजार ९२३ जनालाई संक्रमण भएको छ । त्यस्तै अमेरिकामा १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?