काठमाडौं । कोरोना संक्रमण भई सेती अस्पतालमा उपचार गरिरहेका कैलालीको लम्कीका २१ वर्षीय युवक घर फर्किएका छन् ।
कोरोना संक्रमण देखिएपछि १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका युवकको निको भएर केहिबेरमा घर फर्किएका हुन् ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
त्यससँगै सेती अञ्चल अस्पतालमा ५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित रहेका छन् । उनीसँगै हालसम्म नेपालमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै अन्य २७ जना देशका विभिन्न भागमा उपचाररत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया