एनसेलले ल्यायो आकर्षक भ्यालेन्टाइन अफर

काठमाडौं–एनसेलका ग्राहकले यो बर्षको भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिन सक्ने भएका छन् । नजिकिएकोे प्रणय दिवसका अवसरमा एनसेलले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर (माघ २५) देखि १५ दिनका लागि लागु हुनेछ । जस अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित मात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानि गर्न सक्नेछन् जसका लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जनाएको छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ त्यस्तै भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत करसहित रु २० मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याक लिन सक्नेछन् । यो डेटा लिन ग्राहकले एस्टिक्«स १७११४ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?