हेर्नुहोस् २०७७ साल वैशाख ८ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख ०८ गते । सोमवार । इ.स.२०२० अप्रिल २० तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा ।

वैशाख कृष्णपक्ष । तिथी– त्रयोदशी,२७ बजेर ३६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाभाद्रपदा,०८ बजेर १७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– ऐन्द्र,२१ बजेर २० मिनेट उप्रान्त वैधृति । करण– गर,१४ बजेर ३६ मिनेट उप्रान्त वणिज,२७ बजेर ३६ मिनेट उप्रान्त भद्रा ।

आनन्दादिमा मुसल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ६ बजेर ३६ मिनेटमा, सूर्यास्त १८ बजेर ३० मिनेटमा । दिनमान ३२ घडी १५ पला । पञ्चक। सोमप्रदोष व्रत। छन्द दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले विदेशी भूमिमा हुनुहुन्छ भने ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ । पढाई लेखाईमा मन नजाँदा नतिजा अरुतिर जानेछ ।

प्रेममा धोका हुन सक्छ । नीति नियमको फलो नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । दाजुभाई तथा अग्रहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । पढाई लेखाईमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ ।

राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्रो होला ।

सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुँदा मन खिन्न हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ ।

भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

घरमै बसेर अध्ययन गर्नाले पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्निको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।

ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शरीर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ ।

प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफ्नै भन्नेहरुले आश्वासन बाँड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ ।

घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । लेख तथा रचनाहरुलाई सामाजिक सञ्जाल मार्फत जनमानसमा लैजान सकिनेछ ।

लेख तथा रचनाको माध्ययमबाट संस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । प्रेममा नजिक हुन सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ ।

परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।

सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?