आज मन्त्रीपरिषद् बैठक बस्दै, यस्तो हुनेछ छलफल

काठमाडौं । सोमवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । स्रोतका अनुसार सोमवार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

उक्त बैठकमा नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हने स्रोतले बताएको छ ।

लकडाउनको अवधि अझै १ हप्ता नै भएकाले त्यसको विषयमा छलफल नहुने तर अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुने स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?