काठमाडौं । धनुषाका एक वडाअध्यक्षमा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो ।
एक महिना भारत बसेर उनी गत चैत २२ गते भारतबाट फर्किएका थिए ।
कोरोना संक्रमण सुरक्षार्थ सरकारले गरेको लकडाउनकै अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
उनलाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो । कोरोना संक्रमणको आशंकामा सोमवार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको हो ।
वडाध्यक्षसहित अन्य ९ जनालाई पनि क्वारेन्टाइनमा राखिएको थियो । अन्य ८ जनाको समेत परीक्षण गर्दा अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ । वडाअध्यक्षको रिपोर्टमा कोरोना संक्रमणको रिपोर्ट एन्टीबडी पोजेटिभ देखिएसँगै प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया