काठमाडौं । बाँदर रुखमा चढेको त हामीले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुभएको छ ? देख्ने त कुरै छोडौँ सुन्नु पनि भएको छैन होला ।
किनभने हामीले पालेका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।
उक्त जातको बाख्राको मल अर्थात् बड्कौँला धेरै नै महंगो हुन्छ । उक्त जातको बाख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् ।
बाख्राको बड्कौँला बेचेर करोडौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँला विशेष मल हुने कारणले गर्दा धेरै महंगो हुने गरेको हो ।
दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ ।
फल खाइसकेपछि त्यसको गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँलासँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टाउँछन् ।
बड्कौँलामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया