तेश्रो विवाह गर्दैगर्दा पहिलो श्रीमती पुगेपछि…

काठमाडौं । पाकिस्तानको कराँचीमा आसिफ सिद्धिकी नामका एक व्यक्तिले तेस्रो विवाह गर्दै गर्दा पहिलो श्रीमती विवाह स्थलमा आएपछि हंगामा मच्चिएको छ । आक्रोशित भीडले दुलाहा बनेका आसिफलाई पिटेपछि उनी आफ्नो ज्यान बल्लतल्ल जोगाएर भाग्न सफल भएका थिए ।

पाकिस्तानमा बहुविवाह कानूनी रुपमा भएपनि दोस्रो विवाह गर्दा पहिलो पत्नीको अनुमति भने हुनुपर्ने कानून रहेको छ ।

आसिफकी पहिलो पत्नी मदिहा विवाह स्थलमा पुगेर दुलाहा बनेका आसिफलाई गालि गर्न थालेपछि स्थिति असहज बनेको थियो । शुरुमा नयाँ दुलाही पक्षकाले कुरा बुझेनन् । तर मदिहाले आसिफ आफ्नो श्रीमान भएको बताए पछि स्थितिले अर्कै रुप लिएको थियो ।

मदिहाले दुलही बनेकी महिलालाई उसको विवाह भईसकेको र बच्चा पनि रहेको बताएकी थिइन् । २०१६ मा उर्दु विश्वविद्यालयमा भेटपछि विवाह भएको उनले विवाह स्थलमै बताइन् । साथै आसिफले २०१८ मा अर्को विवाह समेत गरिसकेको उनले दाबी गरिन् ।

उर्दु विश्वविद्यालयमा जागिर गर्ने आसिफले २०१८ मा महिला विश्वविद्यालयकी टिचरसँग २०१८ मा विवाह गरेको उनले बताइन् ।

मदिहाले आफूलाई धोका दिएको भन्दै आसिफको भण्डाफोर गरेपछि दुलाही पक्षकाले आसिफलाई पिटेका थिए । सामाजिक सञ्जालमा चर्चामा रहेको यस विषयमा प्रहरीले भने पारिवारिक घटना भएकाले यसको निर्णय पारिवारिक अदालतले गर्ने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?