हेटौँडा, २५ माघ- नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन् । काठमाण्डौंमा विहिबार बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो संसदीय दलको नेता चयनका लागि ३ दिनदेखि काठमाण्डौंमा बैठक भईरहेको थियो । संसदीय दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीले पनि अन्तिमसम्म आकांक्षा राखेपनि अन्ततः सर्वसम्मत रुपमा बानियाँ संसदीय दलको नेता चयन भएका छन् । पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता चयन गरेको छ संसदीय दलको नेता चयन भएपछि प्रतिक्रिया दिंदै बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । पार्टीले प्रदेशको संसदीय दल सम्बन्धी विधान विधान पास गरेपछि थप कार्यविभाजन हुने बानियाँले बताए कांग्रेसको संसदीय दलको नेता चयन भएका बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् । उनले यसअघि पूर्वगृहराज्यमन्त्री, पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने नेपाली कांग्रेस मकवानपुरका सभापति समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया