काठमाडौं । सरकारले राजनीतिक पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
त्यस्तै,सरकारले विशिष्ठ व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ । आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
ती सुरक्षाकर्मी कटौती गरेर लकडाउनसम्बन्त्री सुरक्षामा खटाइने निर्णय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया