काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बस्ने भएको छ ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सचिवालय बैठक बोलाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहज ढंगले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमाका मन्त्री लगायत नेताहरु प्रचण्ड निवासमा अर्काे भेला भएका हुन् ।
नेकपाले डाकेको आकस्मिक बैठक अहिले साढे पाँच बजे बस्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया