अध्यादेश ल्याउने निर्णय रद्द हुनसक्ने !

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि राजनीतिक वृत्तमा हंगामा भएको छ ।

सत्तारुढ दल नेकपाभित्र पनि यसले तरंग ल्याएको छ । यही बीचमा नेकपाको सचिवालय बैठक बोलाइएको अवस्थामा सचिवालय बैठकले अध्यादेश रोक्नसक्ने बताइएको छ ।

उक्त बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले बताएका छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल रामबहादुर थापा बादल रहेका छन् । जसमध्ये पुर्व माओवादीका ३ र पुर्व एमालेका ६ जना छन् ।

 

यो पनि पढ्नुहोस् : 

नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले

मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक

सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश

नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?