काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् ।
राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिले सोमबार अध्यादेश जारी गरेकी हुन् । यसले सरकारको निर्णय थप रहस्यमय भएको छ ।
यो पनि पढ्नुहोस् :
मन्त्रिपरिषद्को निर्णयले नेकपाभित्र हलचल, के थियो त्यो निर्णय ?
सुरु भयो नेकपा सचिवालय बैठक, अध्यादेश रोक्नसक्ने !
नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले
मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक
सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया