१३ डीआइजीको पदस्थापना तथा सरुवा, प्रदेश २ मा धीरजप्रताप सिंह

काठमाडौं । नेपाल प्रहरीमा डीआईजीपीहरुको पदस्थापना तथा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सोमवार एसएसपीबाट डीआइजिपीमा बढुवा भएका १० र अन्य केही डीआइजीपीको सरुवा तथा पदस्थापन गरेको हो ।

स्रोतका अनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, बागमती प्रदेशमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले कमाण्ड सम्हाल्ने भएका छन् ।

यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मेवारी सहकुल थापालाई , अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अरुण बिसीलाई र प्रहरी प्रतिष्ठानको प्रकाशजंग कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सूर्य उपाध्यायलाई , हाल प्रदेश नम्बर २ को प्रमुख रहेका प्रद्युम्न कार्कीलाई विशेष ब्यूरो, प्रहरी महानिरीक्षको सचिवालयमा निरज शाहीलाई सरुवा गरिएको बताइएकको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेललाई भने यथावत नै राखिएको छ।

चैत २८  गते बेलुका गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।

उक्त सिफारिसको आधारमा आइतबारको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेसँगै सोमबार १० डीआईजीलाई दर्जनी चिन्ह प्रदान गरिएको थियो । प्रहरीमा रहेको डीआईजीको २६ दरबन्दीमा १२ दरबन्दी कटौती गरेपछि अब डीआईजीको दरबन्दी १४ मात्रै पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?