काठमाडौं । वि.सं. २०७७ वैशाख ०९ गते । मंगलवार । इ.स.२०२० अप्रिल २१ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण। वसन्त ऋतु । ने.सं. ११४० चौलागा । वैशाख कृष्णपक्ष । तिथी– चतुर्दशी,अहोरात्र । नक्षत्र– उत्तरभाद्रपदा,१० बजेर ५२ मिनेट उप्रान्त रेवती ।
योग– वैधृति,२१ बजेर ५८ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,१६ बजेर ३९ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा– सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ६ बजेर ३५ मिनेटमा, सूर्यास्त १८ बजेर ३१ मिनेटमा । दिनमान ३२ घडी १९ पला । पञ्चक। मातातिचह्रे पूजा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विदेशी भूमिमा हुनुहुन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेको छ । सरसफाईमा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गर्न पाईनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिनेछ । औषधिजन्य तथा खाद्यान्नको व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यापारमा मन्दि आउनेछ ।
कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा हुनेछ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् ।
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । पढाई रोकिन सक्छ ध्यान दिनुहोला । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ ।
अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ती प्रयोग गर्दा ध्यान दिनुहोला । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
औषधिजन्य तथा खाद्यान्नको व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यापारमा मन्दि आउनेछ । स्वअध्ययनले अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ ।
माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शत्रुमाथि विजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ ।
पुराना ऋण तिर्न सकिने तथा रोग केही भए ठिक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । प्रेमको डोरो कसिलो हुनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् । सहयोगीहरुले हात झिक्नाले व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाई लेखाईमा अरुनै हाबी हुनेछन् ।
समयको गतिसँग बढ्न नसक्दा अरुभन्दा पछि परिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहेपनि कृषक हरुका लागि रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् ।
प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आँट,शाहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।
पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कुटुम्ब तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ ।
गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ ।
राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया