काठमाडौं । उदयपुर जिल्लामा थप ८ जना मानिसमा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।
उनीहरुको स्वाब पुन: परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद देखिएको थियो ।
गत बैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यससँगै उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
उक्त परीक्षणबाट थप ८ जनामा शंकास्पद नतिजा देखिएपछि पुन परीक्षणको लागि धरान पठाइएको हो । साथै कोरोना संक्रमण हो वा होइन भन्ने परीक्षण पछि मात्र पुष्टि हुने चिकित्सकहरुले बताएका छन् ।
यो पनि
१४ जनामा नेपालमा देखियो कोरोना संक्रमण, संक्रमित संख्या ३० पुग्यो
कोरोना संक्रमित भेटिएका मस्जित प्रहरीद्वारा सिल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया